+
+

भलिबल संघको अध्यक्षमा चन्द, महासचिवमा श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते ७:५३

२३ भदौ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।

बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भए ।

चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पछि पारे । निवर्तमान कार्यसमितिकी उपाध्यक्ष मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कूल १२८ मत खसेको थियो ।

महासचिवमा चन्द प्यानलका रोशनकुमार श्रेष्ठ ८५ मतसहित विजयी भए । महासचिव पदका अर्का प्रत्यासी मनवीर छन्त्यालले ३९ मत पाए ।

२८ पदका लागि ४८ जना चुनावी प्रतिस्पर्धामा थिए । जसमा ७ मध्ये ५ उपाध्यक्ष र ५ सचिव निर्विरोध निर्वाचित भएका थिए ।

हरेक प्रदेशबाट एक–एक उपाध्यक्ष हुने व्यवस्थाअनुसार उपाध्यक्षमा मदन खड्का (प्रदेश १) उपेन्द्र कुमार यादव (मधेश प्रदेश), याम बहादुर गुरुङ (गण्डकी), भिम ओली (लुम्बिनी) र हर्क सिंह धामी (सुदूरपश्चिम) निर्विरोध निर्वाचित भए ।

बागमती प्रदेशमा दुई जनाको उम्मेदवारी परेकोमा गौतम लाछिवा ६४ मत ल्याएर विजयी भए । अर्का उम्मेदवार ज्योती केसीले ५९ मत ल्याइन् । कर्णाली प्रदेशको उम्मेदवार नै नभएपछि खाली रहेको छ ।

महम्मद फिरोज (मधेश), सुनकेशरी माली (बागमती), श्रीधर शर्मा (गण्डकी), सोम बहादुर श्रेष्ठ ‘मंगल’ (कर्णाली), गणेश सिंह ठगुन्ना (सुदूरपश्चिम) सचिवमा निर्विरोध निर्वाचित भए ।

सचिवतर्फ प्रदेश १ मा विनोद सुवेदीले ६५ मत ल्याएर विजयी भए । विश्वराज धिमालले ४४ मत ल्याए ।

लुम्बिनीको सचिवमा झकबहादुर मिदुनले ७३ मत ल्याउँदै दीपक जीएमलाई पछि पारे । दीपकले ३७ मत ल्याए ।

यस्तै कोषाध्यक्ष चन्द निकट श्याम कृष्ण श्रेष्ठ ७८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी रिता कोइरालाले ४६ मत पाइन् ।

११ सदस्यका लागि २२ जनाको उम्मेदवारी परेकामा राष्ट्रिय टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ सर्वाधिक ८५ मत ल्याएर विजयी भइन् । यस्तै चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुनमगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतसहित सदस्यमा विजयी भए ।

सदस्यमा उम्मेदवारी दिएका बाँकीमध्ये रामा शंकर चौधरी ४९, जय कुमार श्रेष्ठ ३८, ईश्वर बहादुर शाही ३६, थर्क कुमार चोमवाङ ३५, अशोककाजी थापा ३४, योगेन्द्र सुवेदी ३१, सुदर्शन जमरकट्टेल ३०, राम बहादुर खड्का २८, बाँच बहादुर रावत २३, श्याम कुमार आचार्य २२ र छल कुमारी छन्त्यालले १४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?