+
+

‘ब्रह्मास्त्र’ बहिष्कारको ट्रेन्डबीच रणवीर भन्छन्- फिल्ममा कन्टेन्टले मात्रै अर्थ राख्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १३:०७
बलिउड अभिनेता रणवीर कपुर । फाइल तस्वीर

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बहुप्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई लिएर दर्शकहरुमा उत्सुकता बढेको छ भने अग्रिम टिकट बिक्री आक्रामक छ ।

तर बलिउडमा पछिल्लो समय चलिरहेको बहिष्कारको ट्रेन्डले ‘ब्रह्मास्त्र’लाई पनि छोडेको छैन । यसैबीच, ‘ब्रह्मास्त्र’ अभिनेता रणवीरले आफ्नो फिल्मलाई लिएर भइरहेको नकारात्मकता र बहिष्कारको ट्रेन्डका विषयमा मुख खोलेका छन् । दिल्लीका मिडियासँग कुरा गर्दै उनले फिल्म सफल वा असफल हुनुमा ‘कन्टेन्ट’को मात्रै भूमिका हुने बताएका छन् ।

उनले भनेका छन्, ‘म आफ्नै उदाहरण दिन्छु । केही हप्ता पहिले मेरो फिल्म शमशेरा रिलिज भएको थियो । त्यसबेला कुनै प्रकारको नकारात्मकता महसुस भएको थिएन, तर पनि बक्स अफिसमा फिल्म चलेन । किनभने दर्शकले फिल्मलाई मन पराएनन् । अन्त्यमा, कन्टेटन्टले मात्रै अर्थ राख्छ । राम्रो फिल्म दिनुस्, राम्रो कन्टेन्ट दिनुस् त दर्शकले इन्टरटेन गर्छन् ।’

आयन मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’ सन् २०२२ कै सबभन्दा बढी लगानीको फिल्म बनेको छ । अहिले चलिरहेको बहिष्कारको ट्रेन्डले यो फिल्मलाई पनि छाडेको छैन । केही मानिस रणवीर आलियाको विरोध गरिरहेका छन् । अब फिल्मलाई दर्शकले कति रुचाउँछन् रिलिजपछि नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?