+
+

अरनिको पाँडे पसे रवि लामिछानेको पार्टीमा, बालेन टिमका सदस्य पनि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २०:३०

२३ भदौ, काठमाडौं । वातावरणविद् डा. अरनिको पाँडे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध हुने निर्णय गरेका हुन् । उनी पार्टीका केन्द्रीय सदस्य बनेका हुन् ।

उनी प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए । पार्टी अध्यक्ष लामिछानेले बिहीबार उनलाई केन्द्रीय समितिमा स्वागत गरिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

पाँडे हिमालय क्षेको वायु प्रदूषण, जलवायु र दीगो विकासका विज्ञ समेत मानिन्छन् । उनीसँगै वातावरण विज्ञानका विद्यार्थी गणेश कार्की र महिला उद्यमी सुमना श्रेष्ठलाई पनि केन्द्रीय समितिका स्वागत गरेको लामिछानेले जनाएका छन् । गणेश कार्की काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाहका मुख्य चुनावी रणनीतिकारमध्ये एक हुन् । उनले महानगरलाई आवश्यक सुझाव दिने र रणनीति बनाउने काममा भाग लिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?