+
+
Shares

उपेन्द्र यादवसँग राष्ट्रपति : संविधानसम्मत कदम चाल्छु, अदालतले केही गर्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २२:००

२३ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई लिएर सत्ता गठबन्धनसँग रुष्ट राष्ट्रपति विद्या भण्डारीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार दिउँसो शीतल निवास बोलाइन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको गठबन्धन शीर्ष बैठक छाडेर यादव नजिकै शीतल निवास पुगेका थिए ।

उच्च स्रोतका अनुसार भण्डारीले आफ्नो सुझाव लत्याउँदै हुबहु विधेयक सदर गराएकामा गठबन्धनप्रति रोष पोखेकी थिइन् । विधेयकमा रहेका कतिपय प्रावधान जति बहुमतले पारित गरे पनि गलत नै रहेको भण्डारीको तर्क थियो । ‘फेरि प्रमाणीकरणका लागि आएको छ, तर मैले यत्तिकै हेर्ने कुरा हुँदैन,’ भण्डारीको भनाइ उद्धृत गर्दै यादवले गठबन्धनका शीर्ष नेताहरुसँग सुनाएका थिए, ‘मैले संविधानकै सीमाभित्र रहेर केही गर्छु, त्यसलाई अदालतले पनि केही भन्ने ठाउँ हुँदैन ।’

यादवको कुरा सुनेका कांग्रेसका एक नेताका अनुसार त्यो कदम के हो, कस्तो प्रकारको हो भन्नेबारे राष्ट्रपतिले प्रष्ट खुलाइनन् । तर भण्डारी यत्तिकै बस्ने अवस्थामा नरहेको आफूले पाएको उनले सुनाएका थिए । ‘मैले उहाँलाई अब तपाईंसँग संविधानले दिएको विकल्प बाँकी छैन भनेर सम्झाएँ, अस्ति पुनरावलोकनका लागि फिर्ता पठाउने विकल्प पनि सकिइसकेको यथार्थ जानकारी गराएँ,’ यादवले बालुवाटारमा नेताहरुसँग भनेका थिए ।

असोज १ सम्म विधेयक प्रमाणीकरण नभए यसबारे विभिन्न कोणबाट प्रश्न उठ्न सक्नेछन् । कांग्रेस नेता रामचन्द्र पौडेलले उपेन्द्र र राष्ट्रपति भेटबारे संक्षिप्तमा सुनाउँदै अब शीतल निवासले केही गर्न खोजे त्यसबाट प्रतिकुलतामात्रै निम्तिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?