+
+

चुनावपछि एमाले सरकारमा जान्छ : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १६:३७

२४ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले ४ मंसिरको निर्वाचनपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघको बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा उनले निर्वाचनपछि एमाले सरकारमा जाने र अपराधी र फटाहालाई तह लगाउने दावी गरे ।

‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ’ उनले भने ।

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?