+
+

‘थ्यांक गड’ ट्रेलर : चित्रगुप्तको भूमिकामा अजय देवगण, कमेडीसँगै नैतिक शिक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १७:२५

काठमाडौं । अजय देवगण र सिद्धार्थ मलहोत्रा स्टारर प्रतीक्षित हिन्दी फिल्म ‘थ्यांक गड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा देखिएकी छन् ।

टी सिरिज र मारुती इन्टरनेसनलको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन इन्द्र कुमारले गरेका हुन् । यो फिल्मको भारत रिलिज मिति कात्तिक २५ अर्थात् तिहारको लक्ष्मीपूजाको भोलिपल्टलाई तोकिएको छ ।

बिहीबार फस्टलुक पोस्टर सार्वजनिक हुँदा फिल्मले सकारात्मक चर्चा बटुलेको थियो । पारिवारिक कथावस्तु भएकाले यसलाई ‘मास’ दर्शकले रुचाउन सक्ने अपेक्षा छ ।

तीन मिनेट लामो ट्रेलरमा अजय चित्रगुप्तको भूमिकामा छन् भने सिद्धार्थ एक साधारण युवकको भूमिकामा छ । काम, क्रोध, लोभ र मोहमा लाग्दा चित्रगुप्तले यसलाई कसरी लिन्छन् भन्ने धार्मिक पक्षलाई यसमा व्यंग्यात्मक रुपमा पस्किइएको छ ।

एउटा गीतमा नोरा फतेहीलाई विशेष भूमिकामा देख्न सकिन्छ । रकुलसँग यो फिल्म अजयको तेस्रो सहकार्य हो । यसअघि उनीहरुले दे दे प्यार दे र रनवे ३४ मा काम गरिसकेका छन् ।

‘थ्यांक गड’ उक्त मितिमा अक्षय कुमार र ज्याकलिन फर्नान्डिजको प्रमुख भूमिका रहेको फिल्म रामसेतुसँग भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?