+
+

बलात्कार प्रयासको आरोप लागेका उपमेयरले गरे आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १९:२१

२४ भदौ, जनकपुरधाम । बलात्कार प्रयासको आरोप लागेका सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उनी शुक्रबार आफैं इलाका प्रहरी कार्यालयमा हाजिर भएका हुन् ।

उपमेयर महतोले कार्यकक्षमा बोलाएर जागिर लगाइदिने लोभ देखाई बलात्कारको प्रयास गरेको भन्दै एक महिलाले ४ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि उपमेयर सम्पर्क बिहीन भएका थिए ।

सिरहा प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक रामचन्द्र साहले उपमेयर महतो इलाका प्रहरी कार्यालयमा हाजिर भएको जानकारी दिए । हाजिर भएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?