+
+

एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १७:२५

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ ।

एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो म्याक्स रहेका छन्। त्यस्तै सन् २०१९ मा रिलिज भएको आइफोन ११ र सन् २०२० मा रिलिज भएको आइफोन १२ मिनी पनि एप्पलले बन्द गरेको छ । यो सँगै अब एप्पल स्टोरहरुबाट उल्लेखित आइफोनहरु खरिद गर्न पाइनेछैन ।

अब आधिकारिक एप्पल स्टोरबाट केवल यी ८ वटा आइफोन मात्र खरिद गर्न सकिनेछ :

· आइफोन १४ प्रो म्याक्स

· आइफोन १४ प्रो

· आइफोन १४ प्लस

· आइफोन १४

· आइफोन १३

· आइफोन १३ मिनी

· आइफोन १२

· आइफोन एस इ

एप्पलले बिक्री बन्द गरेका आइफोनहरुमा अपरेटिङ सफ्टवेयर अपडेट भने उपलब्ध गराउनेछ । त्यस्तै प्रयोगकर्ताहरुले आफुसँग भएका आइफोनको मर्मत एप्पल स्टोरबाट गराउन सक्नेछन् । बिक्री बन्द भएका उल्लखित आइफोन मोडेलहरुमा समेत एप्पलले नियमित रुपमा आइओएस अपडेट गराउनेछ ।

स्मरण रहोस् एप्पलले हालसम्म पनि मर्मतका लागि सफ्टवेयर अपडेट उपलब्ध गराउँदै आएको सबैभन्दा पूरानो मोडेल चाहिँ आइफोन ८ र आइफोन ८ प्लस हुन् । यी दुबै मोडेल सन् २०१७ मा रिलिज भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?