+
+

शरद भेषावकर एनसीएसको मुख्य प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १९:४४

२५ भदौ, काठमाडौं । राष्ट्रिय टिमका पूर्व सदस्य शरद भेषावकर नेपाल क्रिकेट स्कुल (एनसीएस) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट स्कुलले शुक्रबार शरदलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।

३४ वर्षीय शरद लेभल २ प्रशिक्षक हुन् । उनले पछिल्लो पटक नेपालका लागि गत फेब्रुरीमा आयरल्याण्ड विरुद्ध टी-२० क्रिकेट खेलेका थिए ।

सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकप खेल्ने नेपाली टोलीमा थिए । नेपाललाई उक्त टी२० मा पुर्‍याउन शरदले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

शरदले सन् २००४ र २००६ मा यू-१९ विश्वकप खेलेका थिए । यस्तै घरेलु फ्रेन्चाइज क्रिकेटमा शरदले उत्कृष्ट कप्तानी गर्दै आएका छन् ।

शरद हाल विभागीय टोली एपीएफका कप्तान समेत हुन् । शनिबार मात्रै नेपाल टी-२० लिगका लागि पोखरा एभेन्जर्सले उनलाई क्याटेगोरी ए खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?