+
+

भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २५ गते १९:४४

२५ भदौ, काठमाडौं । भारत र बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । साविक विजेता भारतले शनिबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई ९-० ले पराजित गरेपछि भारतसँगै बंगलादेश पनि सेमिफाइनल पुगेका हुन् ।

बंगलादेशले शनिबार नै पाकिस्तानलाई ६-० ले हराएर लगातार दोस्रो जित निकालेको थियो ।

भारत र बंगलादेशले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । गोल अन्तरमा भारत पहिलो र बंगलादेश दोस्रो स्थानमा छ ।

अब भारत र बंगलादेशबीच हुने खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

अन्जु तामाङको चार गोल

दशरथ रंगशालमा भारतलाई फराकिलो जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित चार गोल गरिन् । उनले दुबै हाफमा दुई-दुई गोल गरिन् ।

भारतले पहिलो हाफमा तीन गोल गर्दा दोस्रो हाफमा गोलको वर्षा गर्दै ६ गोल थपेको थियो ।

अन्जुले २४ औं र पहिलो हाफको इन्जुरी टाइम, ८५ औं र ८८ औं मिनेटमा गोल गरिन् । यस्तै ग्रेस डाङ्गमाईले ५३ औं र ८७औं मिनेटमा गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?