
काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ ।
एमडब्लुले यसअघि ९ हजार ९९९ जेसीबी मेसिन बिक्री गरेको थियो । कालिका कन्स्ट्रक्सनलाई शुक्रबार थप एउटा मेसिन बिक्री गरेसँगै नेपालमा जेसीबीको बिक्री संख्या १० हजार पुगेको कम्पनीले जनाएको छ ।
कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले मेसिनको चाबी हस्तान्तरण गरेका थिए ।
ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको जेसीबी नेपाल नम्बर १ डिलर बन्न सफल भएको सेठीले बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।
कालिका कन्स्ट्क्सन प्रालिका प्रबन्ध निर्देशक पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।
प्रतिक्रिया 4