+
+

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिमले प्रदेश १ लाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १४:१९

२६ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्रेदश १ का लागि दिपेश कँडेलले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए ।

कप्तान फिदर्वस अन्सारीले ३३ रन जोडे भने सोनु मण्डलले अविजित २६ रन जोडे । दिपेश र सोनुले आठौं विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त भएन ।

सुदूरपश्चिमका लागि मिलान बोहराले २ तथा हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेर्न साउद र नारायण जोशीले समान एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो । ओपनरद्वय राजु रिजाल र दिल बोहरालाई शुन्यमा गुमाएको सुदूरपश्चिमले १५ रनमा ४ विकेट गुमाइसकेको थियो । तर मिलन बोहरा र बसन्त खत्रीले शतकीय साझेदारी गरे ।

यो जोडीले पाँच विकेटका लागि एक सय रन जोडे । बसन्तले ४१ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाउँदा मिलनले ३० बलमा ४४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे । बलिङमा प्रदेश १ का फिर्दोस अन्सारीले ३ तथा दिपेश कँडेलले २ विकेट लिए ।

आइतबारै मुलपानी क्रिकेट मैदानमा तय भएको बागमती प्रदेश र एनआरएनए स्पोर्ट्स एकेडेमीबीचको खेल मैदान भिजेका कारण टस नभई रद्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?