+
+

राष्ट्रपतिद्वारा शपथसहित पाँच विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १७:०७

२८ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका पाँचवटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल, ऐन २०२५लाई संशोधन गर्न बनेको विधेयक, प्रत्‍यायन सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्‍वविद्यालयको सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?