+
+

होटल उद्योग प्रवर्द्धनका लागि आतिथ्य सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १२:५३
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । कोभिड–१९ महामारीबाट सबैभन्दा नराम्रोसँग प्रभावित होटल उद्योगको पुनरुत्थान र पर्यटन प्रवर्द्धनका लागि आतिथ्य सम्मेलन आयोजना हुने भएको छ । होटल संघ नेपाल (हान) ले आगामी शनिबार काठमाडौंमा यस्तो सम्मेलन आयोजना गर्ने भएको हो ।

संघको अर्धवार्षिक साधारणसभाको अवसर पारी यस्तो सम्मेलन आयोजना गर्न लागिएको हो । हानले कोभिड–१९ अगाडि नै यस प्रकारको सम्मेलन आयोजनाको तयारी गरेको थियो ।
तर, महामारीका कारण सम्मेलन आयोजना हुन पाएको थिएन ।

महामारीपछि पुनरुत्थानका क्रममा रहेको होटल व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाबाट बजारीकरण गर्ने र केही नयाँ अभ्यासको प्रयोग गरी नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न सम्मेलनले भूमिका खेल्ने हानकी अध्यक्ष सुजना राणाले बताएकी छिन् ।

उनका अनुसार सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका स्वदेशी तथा विदेशी विज्ञले विभिन्न विषयमा छलफल गर्नेछन् । अर्धवार्षिक साधारणसभा र आतिथ्य सम्मेलनको दुवै दिन होटलहरुमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्री उपलब्धि गराउने कम्पनी र व्यवसायीले प्रदर्शनीमा भाग समेत लिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?