+
+

गोरखाको बोर्लाङमा गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:४४

२९ भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा असोज १२ देखि १६ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

‘बोर्लाङ थापा कप–२०७९’ नाम दिइएको प्रतियोगितामा गण्डकी प्रदेशका एघार वटै जिल्लाका टिमको सहभागिता रहने समितिका अध्यक्ष निराजन श्रेष्ठले बताए । पहिलो हुने टिमलाई एक लाख ३० हजार नगद पुरस्कार दिइने छ । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ७० हजार, ३५ हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउने समितिले जनाएको छ । प्रतियोगितामा एक टिममा दुई जनाभन्दा बढी विभागीय खेलाडी राख्न पाइने छैन ।

महिलातर्फ प्रथम हुने टिमले ७० हजार नगद पुरस्कार पाउने छ । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, वेष्ट सेटर र वेष्ट कोचलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता अन्तरगत ३५ वर्ष माथिकालाई लक्षित गरी भेट्रान्स पुरुष भलिवल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । अन्तर वडा स्तरीय प्रतिस्पर्धा हुने यो प्रतियोगितामा पहिलो हुने टिमले ४० केजीको खसी र दोस्रो हुने टिमले २५ केजीको खसी पुरस्कार पाउने छन् ।

प्रतियोगीतामा सहभागी हुन टिमका लागी दर्ता शुल्क पनि निर्धारण गरिएको छ । पुरुष तर्फको प्रतियोगितामा सहभागी हुने टिमले ७ हजार, खुल्ला महिला र भेट्रान्सतर्फको टिमले ५÷५ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने छ ।

असोज ११ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गराइसक्न आयोजकले आग्रह गरेको छ । खेलाडीलाई खान बस्नको निशुल्क व्यवस्था आयोजकले नै गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न २१ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?