+
+

भोजपुरका मासु पसलमा अस्वस्थ मासु, प्रशासनले गर्‍यो फ्रिज नै बरामद

रासस रासस
२०७९ भदौ २९ गते २०:१७

९ भदौ, भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो ।

‘नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा मासु बिक्री गरेको पाइएको छ, ती सामग्रीसमेत बरामद गरिएको छ’, अनुगमन अधिकृत दाहालले भने।

बजारको समीक्षा मासु पसल र तामाङ मासु पसललगायतका पसलमा अनुगमन भएको हो । मासु राख्न प्रयोग गरिएको फ्रिजसमेत फोहर भेटिएकाले सो समेत बरामद भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा घरेलु विकास कार्यालय, उद्योग वाणिज्य सङ्घ, पत्रकार, प्रहरीलगायतका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

धेरै दिन अगाडिदेखि फ्रिजमा राखेर मासु बिक्री गरेका व्यवसायीलाई पत्र काटी जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन गरिएको अनुगमन अधिकृत दाहालले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले बजार अनुगमन तीव्र बनाएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?