+
+

कविता महर्जनको पुस्तक ‘पोषण व्यवस्थापन र यसको महत्व’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १७:०१

काठमाडौं । पोषणविद् कविता महर्जनको ‘पोषण व्यवस्थापन र यसको महत्व’ पुस्तक बजारमा आएको छ । मानिसको जीवनमा पोषणको महत्व र यसको वैज्ञानिक विधिमा आधारित रहेर लेखिएको पुस्तकको बिहीबार नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, विकासविद् दीपक चौधरी र लेखक महर्जनले पुस्तक सार्वजनिक गरे ।

पुस्तक विमोचनपछि बोल्दै डा. श्रेष्ठले अधिकांश बिरामी षोषण व्यवस्थापनमा चुक्दा रोग निको नभएर निराश हुने गरेको अनुभव सुनाए । विशेषगरी क्यान्सरका बिरामीलाई कुन खानेकुरा कति र कसरी खाने भन्ने थाहा नभएर समस्या झन् बढेको आफूले पाएको उनले बताए । यस्तो समस्या समाधानका लागि यो पुस्तक फलदायी हुने उनले बताए ।

नेपाल क्यान्सर अस्पतालमा पोषणविद्को रुपमा कार्यरत लेखक महर्जनले चित्रसहित कुन खानेकुरा के कति र कसरी खाने भनेर पुस्तकमा उल्लेख गरेकी छन् । पुस्तक दिगो विकास तथा शान्ति यात्राले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?