+
+

लोकगायिका श्रीपाल र जापानमा दोहोरी साँझका सञ्चालक थापाबीचको विवाद मिल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १८:१४
लोकगायिका अमृता श्रीपाल । फाइल तस्वीर

काठमाडौं । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ ।

दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् ।

सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती स्वीकार्दै आत्मालोचना गरेपछि विवाद टुंगिएको हो । थापाले श्रीपाललाई दिनुपर्ने बाँकी पारिश्रमिक ९ लाख येन शुक्रबारसम्म बैंकमा जम्मा गरिदिने र नेपाल फर्किने टिकटको व्यवस्था गरिदिने सहमित भएको छ ।

प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापा, एनआरएनए खान्साईका संयोजक दिलीप शर्मालगायत २५ जनाको रोहबरमा भएको छलफलमा दुवै पक्षले यस विषयलाई आइन्दा कतै पनि नउठाउने समेत सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?