+
+

कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १४:४७

३१ भदौ,  पोखरा । कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले शुक्रबार जारी गरेको सूचना अनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी संकलन केन्द्रहरु कारक रहेको महानगरको ठहर छ ।

सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ ।

‘…मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारवाही हुनेसमेत व्यहोरा जानकारी गराइन्छ,’ सहायक प्रमुख प्रशासकीय अधिकृत जीतेन्द्रजंग केसी हस्ताक्षरित सूचनामा भनिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीले ३२ जनामा, गोरखा र बागलुङमा २६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसअघि सन् २०१९ मा गण्डकीमा डेंगु महामारीका रुपमा देखा परेको थियो । उक्त वर्ष २ हजार ६५० जनालाई डेंगु संक्रमन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?