+
+

म्याद नाघेको २२ लाख रुपैयाँ बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको २२ लाख रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १६:३०

३१ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद नाघेको २२ लाख रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु र कस्मेटिक सामान नष्ट गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीमा एसआर डिष्टिब्यूटर्स नामक कम्पनीले भण्डारण गरेर राखेको म्याद नाघेका खाद्य वस्तु नष्ट गरिएको हो ।

विभिन्न कम्पनीबाट उत्पादन भएको कुरमुरे, कुरकुरे, कनफ्लेक्स, पुरुष र महिला सौन्दर्यका सामानहरु नष्ट गरिएको विभागले जनाएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार नष्ट गरिएका वस्तुको मूल्य २१ लाख ९९ हजार रुपैयाँ हाराहारी रहेको छ ।

यी वस्तु गत १७ भदौमा अनुगमनका क्रममा फेला परेको थियो । त्यसपछि विभागको टोलीलले गोदाम सिल गरेर वस्तु बजारमा जानबाट रोकिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?