+
+

एनसीएस पुन: सञ्चालनमा, क्रिकेट ज्ञान सिकाउन शरद उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते १०:५६

काठमाडौं । नेपाल क्रिकेट स्कुल (एनसीएस) पुन: सञ्चालनमा आएको छ । रातो पुलमा रहेको नेपाल क्रिकेट स्कुलको शुक्रबार रि-ओपनिङ गरिएको हो ।\

नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र राष्ट्रिय क्रिकेटर शरद भेषावकर लगायतले एनसीएको उद्घाटन गरे ।

एनसीएले भेषावकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ भने पुरेन्दु घोषलाई प्रशिक्षक नियुक्त गरेको छ ।

एनसीएसका फाउण्डर सुनिल थापाले युवाहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्नका लागि नेपाल क्रिकेट स्कुल पुन: सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले युवाहरु विदेशिनुभन्दा खेलकुदमा केही समय छुट्याए देश र राष्ट्रका लागि राम्रो हुने बताए । थापाले युवाहरु व्यावसाय गर्न भन्दा पनि सिस्टम बासउनका लागि आएको बताए ।

यस्तै क्यान कार्यवाहक सचिव प्रशान्त मल्लले सफलताको शुभकामना दिँदै यसले राम्रा खेलाडी उत्पादन गर्ने बताए ।

स्कुलको मुख्य प्रशिक्षक बनेका भेषावकरले आफूले जानेको कुरा बाँड्ने ठाउँ पाएको र उत्साहित भएको बताए । ‘धन्यवाद मलाई प्रशिक्षकको रुपमा अवसर दिनुभएकोमा । आफूले जानेको कुरा कतै बाँड्नुपर्छ भन्ने लागिरहेको थियो । मलाई त्यो अवसर मिलेको छ’  शरदेले भने, ‘मैले जानेको कुरा आउने पुस्तालाई सेयर गर्नेछु । क्रिकेटको ज्ञान मात्र व्यक्तित्व विकासलाई पनि जोड दिनुपर्छ । म एकदमै उत्साहित छु ।’

तीन वर्षपछि एकेडेमी पुन: सञ्चालनमा आएको एनसीएको फाउण्डर सुनिल थापाले जानकारी दिए । आइतबार देखि एकेडेमीमा प्रशिक्षण सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?