+
+

अन्तिम दिनमा फोटो खिचाउँदै विदा भए सांसद (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असोज १ गते १९:१९

१ असोज, काठमाडौं । शनिबारको बैठकपछि प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । ४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाउने मिति असोज २ र ३ गते तोकिएकाले त्यसअघि नै प्रतिनिधिसभाको कार्यकाल सकिने निर्वाचन आयोगको व्याख्या छ ।

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपतिले शनिबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने निर्णय गरिसकेकी छन् । त्यसैले शनिबार बसेको प्रतिनिधिसभा बैठक नै यो संसदको अन्तिम बैठक हो । अन्तिम दिनको बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामको विवरण संसदलाई बुझाए भने शीर्ष नेताहरुले सम्बोधन गरे ।

धेरै सांसदले अन्तिम दिनको बैठकको बेलामा सम्झनास्वरुप साथीहरुसँग तस्वीर खिचे । निर्वाचनपछिको संसदमा अहिलेका सांसदहरु आपसमा भेट हुने वा नहुने निश्चित नभएकाले उनीहरुले अहिले नै सम्झनास्वरुप तस्वीर खिचाएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?