+
+

लेवान्डोस्कीको दुई गोल, बार्सिलोना शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १०:२०

२ असोज, काठमाडौं । रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा दश खेलाडीमा रहेर खेलेको एल्चेलाई ३-० ले पराजित गरेको छ ।

लिगमा लगातार पाँच खेल जितेको बार्सिलोना शीर्ष स्थानमा समेत उक्लेको छ । बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेको छ । सन् २०१७/१८ पछि बार्सिलोनाको यो लिगमा उत्कृष्ट सुरुआत हो । एर्नेस्टो भेलभेर्ड प्रशिक्षक हुँदा बार्सिलोनाले लगातार ६ खेल जित्दै २० गोल गर्दा जम्मा दुई गोल खाएको थियो ।

यसै समरमा बायर्न म्युनिखबाट बार्सिलोना पुगेका लेवान्डोस्कीले एल्चे विरुद्ध दुवै हाफमा गोल गरे । उनले बार्सिलोनाका लागि ८ खेलमा ११ गोल गरिसकेका छन् भने यस सिजन लिगमा ६ खेलपछि ८ गोल गरिसकेका छन् ।

लेवान्डोस्कीले एल्चे विरुद्ध ३४औं र ४८औं मिनेटमा गोल गरे । मेम्फिस डिपाएले ४१औं मिनेटमा गोल गरे । ४४औं मिनेटमा पेड्रीले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

खेलको १४औं मिनेटमै गोन्जालो भेर्डुले रातो कार्ड पाएपछि एल्चेले अधिकांश समय १० खेलाडीमा रहेर खेल्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?