+
+

बास्केटबल टोली सर्बिया जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:५४

२ असोज, काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वर्ल्ड  स्कूल बास्केटबल च्याम्पियनसिप २०२२ मा भाग लिन नेपाली टोली सर्बिया जाने भएको छ ।

जनार्जन ढुङ्गेलको नेतृत्वमा जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान छन् । खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् ।

अफिसियलमा भुपेन्द्रशमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् ।

नेपाली टोलीलाई आइतबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरे ।

सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाइरहेकोमा कृतज्ञ हुँदै स्कूल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनु पर्ने र आफू त्यसका लागि लाग्ने बताए ।

प्रतियोगितामा उत्कृष्टताका लागि बैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरुको क्षमतामा बृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए । प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?