+
+

पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १२:४०

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका छन् ।

समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन् । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रचण्डका साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरु समेत सोलुखुम्बु पुगेका छन्।

प्रचण्ड सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?