+
+

कांग्रेसले पैसा मागेको भन्दै मनिष झा रविको पार्टीबाट उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १८:५०

३ असोज, काठमाडौं । लामो समय नेपाली कांग्रेसमा आवद्ध मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । कांग्रेस परित्याग गरि झा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार बनेका छन् ।

तीन पुस्ता नेपाली कांग्रेसमा रहँदा पनि पार्टीबाट उचित मूल्यांकन हुन नसकेकाले अर्को दल रोजेको झाले बताए । ‘तीन पुस्तादेखि कांग्रेसमा आवद्ध परिवार हौं । हजुरबुबाले खेत बेचेर पार्टीलाई योगदान गर्नुभयो’, झाले अनलाइनखबरसँग भने, ‘बुबाले जागिर धरापमा पारेर कांग्रेसलाई सहयोग गरिरहनुभयो ।’

नेपाल विद्यार्थी संघमा आवद्ध भएर लामो समयदेखि पार्टीमा क्रियाशील भएको उनले सुनाए । आफ्नो क्षमताले देशका लागि योगदान गर्नसक्ने पार्टीमा प्रतिवद्धता गर्दा समेत दलले बेवास्ता गरेको उनले गुनासो गरे ।

‘कसैले उम्मेदवार हुनका लागि पैसा माग्छन् । कसैले तिम्रो उमेर पुगेको छैन भन्छन् ।’ झाले भने, ‘कांग्रेसबाट उम्मेदवार हुने विषय त अवकाश पछिको जिन्दगी जस्तो हुने भयो । त्यस्तो अवस्थाको प्रतिक्षा गर्न मैले चाहिँन । त्यसैले कांग्रेस परित्याग गर्ने निर्णय लिएँ ।’

कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार हुनका लागि ठूलो धनराशीको माग गरिएको समेत उनले आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसी क्लष्टरमा समानुपातिकतर्फ झा पहिलो नम्बरमा राखिएको छ । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न आर्थिक समस्या रहेकाले समानुपातिक रोजेको उनले सुनाए ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा झाले मत माग्दै प्रचार गरेका थिए । महामन्त्री गगन थापा संयोजक रहेको स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समितिमा उनी सदस्य थिए ।

झा फ्याक्टस् नेपालका प्रमुख हुन् । फ्याक्टस् नेपालले अनुसन्धानमा आधारित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?