+
+
Shares

नीति कार्यक्रम छलफलबारे मनिष झाको टिप्पणी : व्यर्थको बहस

रास्वपा सांसद मनिष झाले नीति तथा कार्यक्रममाथिको छलफललाई व्यर्थको बहसको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १८:३८
फाइल तस्वीर

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नीति तथा कार्यक्रममाथिको छलफललाई व्यर्थको बहसको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमै उनले यस्तो टिप्पणी गरेका हुन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षकै चासो नरहेको उनले बताए । प्रतिपक्षले अपनत्व कति लिएको छ भन्ने अभिव्यक्तिमा सुनिएको उनको भनाइ छ ।

मन्त्रीहरूको उपस्थिति पनि एक/एक जनाको मात्रै रहने गरेको र त्यो पनि कहिले सकिएला भन्ने मनोविज्ञानमा रहेको आरोप लगाए ।

यो पृष्ठभूमि राख्दै उनले नीति तथा कार्यक्रममाथिको छलफललाई व्यर्थको बहसको संज्ञा दिएका हुन् । ‘म एक जना जनप्रतिनिधिको हिसाबले यो व्यर्थको अभ्यास गरे बापत्त सबै मतदाता र करदातासँग हामीले माफी माग्नुपर्छ भन्छु,’ उनले भने ।

एक दिन सदन चल्दा दैनिक खर्च १४ लाख हुने गरेको र २६ गतेसम्म ७० लाख खर्च हुने भन्दै उनले थपे, ‘७० लाख हामीले यो गरिब देहको तन्डम अर्थतन्त्रको ७० लाख व्यर्थको बहसमा खर्च गर्दैछौं । यसको उपज केही पनि हुँदैन ।’

बजेट लक भइसकेकाले संसद्‍मा हुने छलफल व्यर्थ रहेको उनले दाबी गरे । संसद्‍मा भएको छलफलको आधारमा बजेट प्रभावित नहुने बताए ।

संसद्‍मा केवल हुन्छ र हुन्न भन्ने विषयमा मत विभाजन हुने भएकाले छलफलको अर्थ नरहेको उनले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?