News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् र सिट व्यवस्थापन गरिएको छ।
- रास्वपाकै सांसद मनिष झाले सदनलाई चिया पसल होइन, विश्वविद्यालय जस्तो हुनुपर्ने आग्रह गर्नुभयो।
- नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले कुशल अविभावकको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
२३ चैत, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन् । अगाडिको रो मा शीर्ष नेताहरूको सिट व्यवस्थापन गरिएको छ ।
यसप्रति रास्वपाकै सांसदले समेत प्रश्न उठाएका छन् ।
रास्वपाका सांसद मनिष झाले भने, ‘सदन चिया पसल वा चौतारी होइन । जहाँ मन लागे आउँछु, मन लागे बोल्छु । मन लागे बस्छु नमन लागे जान्छु भन्ने होइन ।’
सदन गुरुकुल जस्तो, विश्वविद्यालय जस्तो हुनुपर्ने उनको आग्रह छ ।
‘यहाँ म होमवर्क गरेर आउँछु, एउटा प्रश्न लिएर आउँछु । प्रस्ताव लिएर आउँछु र प्रस्तुतीको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ ।’
चुनाव अगाडि साउथ एसियाको बेस्ट पार्लामेन्ट परिकल्पना गरिएको स्मरण गर्दै उनले त्यस्तो कल्पना साकार भएको भन्दै उनले भने, ‘अब संस्कार र सिद्धान्तको कुरा आएको छ ।’
अब सदनमा सिद्धान्तको बहस हुने र सबैको उत्तिकै मेहनत आवश्यक रहेको उनले बताए ।
२०१५ साल देखि नेपालमा संसदीय अभ्यास हुँदै आएको र प्रतिपक्षलाई बलियो बनाउन त्यसबेलाका नेतृत्वले समेत काम गरेको उनले स्मरण गरे ।
नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले कुशल अविभावकको रुपमा काम गर्ने विश्वास रहेको पनि उनले बताए ।
प्रतिक्रिया 4