+
+

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागको चासो, खटियो अध्ययन टोली

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १७:३६

४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा (इक्षुमति) खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ । ‘विभागको टोलीले अध्ययन गरेर टुुकुचा भूमिगत गरिएको क्षेत्रको पूर्वाधारबारे प्रतिवेदन दिन्छ,’ उनले भने ।

टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारेअध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ ।

करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ । यस्ता सम्पदालाई प्राचीक स्मारण संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो ।

टुकुचाको सो भूमिगत संरचना राणाकालको इन्जिनियरिङको नमूना भएको दाबी गर्दै टुकुचामाथिका जग्गा धनननीले नभत्काई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् । कतिपय पुरातत्वविद् र संरक्षण अभियान्ताले टुकुचाको ईंटाले बनेको पूर्वाधारलाई संरक्षण गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, टुकुचाको यो पूर्वाधार कहिले बनेको र यसको ऐतिहासिकता को हो भन्ने यकीन हुन सकेको छैन । अब विभागको टोलीले ती पूर्वाधारको अध्ययन गरेर यसबारे प्रष्ट पार्नेछ ।

खोलालाई भूमिगत गरेर त्यसमाथिको जग्गामा व्यवसायिक भवनहरु बनेका छन् । यसलाई खुला गर्न काठमाडौं महानगरपालिकाले गत हप्तादेखि अभियान नै चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?