+
+

‘दुई नम्बरी’को शीर्ष गीत तयार पारेर भूषणले जिते ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १६:०८

काठमाडौं । रेडबर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘दुई नम्बरी’ असोज २१ गते रिलिज हुँदैछ । फिल्मको शीर्ष गीतका लागि निर्माणपक्षले केही साता अगाडि प्रतियोगिता नै राखेको थियो ।

शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएका थिए भने जसमध्येबाट भूषण खतिवडाले फिल्मको उत्कृष्ट शीर्ष गीत लेखेका छन् । भूषणको यो गीत फिल्ममा प्रयोग हुनेछ । उनले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेका छन् । अब फिल्मको शीर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको टिजर र एउटा गीत सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?