+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

राष्ट्रपतिको राजीनामा माग्दै वीरगञ्जमा जसपा भ्रातृ संगठनको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १७:०२

५ असोज, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा विरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग्दै ‘७ लाख नागरिकलाई नागरिकताविहीन बनाउन पाइँदैन’ भन्दै नाराबाजी गरको छन् ।

उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । जसपाका विद्यार्थी, युवा, देखि जिल्ला, प्रदेश र केन्द्रस्तरका नेताहरु समेत प्रदर्शनमा सहभगी भएका छन् ।

जनता समाजवादी पार्टी नेपालका पर्सा सचिव तवरेज अहमदले संविधानको संरक्षकले नै संविधान विरोधी कदम चालेको विरोध गर्नुपरेको बताए ।

‘७ लाख युवा विद्यार्थी नागरिकताविहीन छन्, उहाँले नागरिकता विधेयक प्रमाणीकरण गरिदिनुभएन, राष्ट्रपति संविधानको संरक्षक हुँदा हुँदैपनि संविधानको पालना गर्नुभएन’, उनले भने ‘त्यसैले राष्ट्रपतिको कदमको विरोधमा आज प्रदर्शन गरेका छौं, पार्टीको निर्देशन आएपछि त्यसैअनुसार अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?