+
+

गुर्जुधारामा कुमारी बैंकको नयाँ शाखा

काठमाडौं, भक्तपुर र धनुषामा गरी १० स्थानमा एक्सटेन्सन काउन्टर  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते २०:०१

काठमाडौं । कुमारी बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएमा छ ।

गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले काठमाडौं, भक्तपुर र धनुषामा गरी १० स्थानमा एक्सटेन्सन काउन्टर पनि विस्तार गरेको छ ।

बैंकका अनुसार काठमाडौंको बल्खु,  शंखारापुर नगरपालिका-९ स्थित इन्द्रायणी,  नागर्जुन नगरपालिका-३ स्थित गैरीगाँउ, टोखा नगरपालिका-१ स्थित झोर, गोकर्णेश्वर नगरपालिका-९ स्थित आरुवारी, महाराजगञ्ज, छाउनी र जैसीदेवलमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।

यस्तै भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित नेकोसेरा र धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित आरआरएम क्याम्पस क्षेत्रमा एक्सटेन्सन काउन्टर विस्तार गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?