+
+

धादिङको गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १५:१६

६ असोज, काठमाडौं । धादिङको गजुरीमा भएको पृथ्वी राजमार्गको अवरोध हटेको छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

उनीहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ । दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?