+
+

१० असोजदेखि हिमालयन आर्ट फेस्टिबल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १७:४१

काठमाडौं । नेपाल आर्ट काउन्सिलमा आगामी १०–१४ असोजसम्म हिमालयन आर्ट फेस्टिबल आयोजना हुने भएको छ । नेपाली कलाकृति नेपालीहरुकै घरमा सजाउन सहयोग पुर्‍याउने उद्देश्यका साथ फेस्टिबल आयोजना गर्न लागेको ई–आर्टस् नेपालकी सह—संस्थापक आशा डंगोलले जानकारी दिइन् ।

दशैंमा घरको सजावट चित्रकलाहरु मार्फत पनि गर्न सकिन्छ भन्ने सोचको विकास गाराउन फेस्टिबलले सघाउने उनको विश्वास छ । ई–आर्टस् नेपालले सन् २०१७ देखि हरेक वर्ष दशैं पर्वको अवसर पारेर फेस्टिबल आयोजना गर्दै आइरहेको छ । करिब १५० भन्दा बढी कलाकारहरुको कृति कला प्रदर्शनीमा राख्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने फेस्टिबलमा सहभागी हुने कलाकारहरु बताउँछन् । यस प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मद्धत पुग्ने र कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्ने उनीहरु बताउँछन् ।

सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिबलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको आयोजकको भनाइ छ । नेपाली वरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिने डंगोलले बताइन् ।

कलाकारहरु शशी शाह, किरण मानन्धर, शशिकला तिवारी, हरिप्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पूजा दुवाल, नविना सुनवार लगायत करिब १५० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिने आयोजकले जनाएको छ ।

प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको इ–आर्ट्स नेपालका अध्यक्ष्य सुजन श्रेष्ठले बताए । यो पटक पनि कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिने श्रेष्ठले बताए ।

हिमाल, पहाड, तराईका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार विधाता केसीले जानकारी दिइन् । फेस्टिबलको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गर्ने कार्यक्रम रहेको डंगोलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?