+
+

कर्मचारी सरुवा नगर्न निर्वाचन आयोगको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते २०:२६

६ असोज, काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ ।

आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृती लिन पनि भनेको छ ।

यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?