+
+

परराष्ट्रमन्त्री खड्कासँग युरोपेली संसदीय प्रतिनिधिमण्डलको भेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १२:३५

७ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेको युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ । बिहीबार काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलको टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो ।

भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको छ । पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था तथा त्यसको तयारी र पर्यटन उद्योग तथा नागरिक उड्डयनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता यहाँको संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेको प्रगातिका विषयमा जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो । युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्की छन् ।

भ्रमणबाट नेपाल र युरोपेली युनियनबीच रहिआएको सहकार्य विस्तार तथा सहकार्य अभिवृद्धिमा योगदान गर्ने नेपालस्थित युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सांसदको प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्व, सरकार र नागरिक समाज लगायतसँग सहकार्यका विषयमा अन्तरक्रिया गर्ने भनिएको छ । भेटका क्रममा जलवायु परिवर्तन, लैंगिक सवाल र सामाजिक समावेशिता लगायतका विषयमा सरोकारवालाहरुसँग छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?