+
+

राष्ट्रपतिको कदमले गम्भीर संकट : महेश आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १८:५५

७ असोज, विराटनगर । नेपाली कांग्रेसका नेता महेश आचार्य राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले संवैधानिक संकट उत्पन्न भएको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलको स्मारिका विमोचन गर्दै उनले राष्ट्रपति भण्डारीको कदमले गम्भीर संकट उत्पन्न भएको बताएका हुन् ।

उनले भने, ‘संविधानले दिएको निश्चित अधिकारलाई राष्ट्रप्रमुखले पालना नगर्नुले गम्भीर संकट उत्पन्न भएको छ । ‘

उनले संसदबाट पारित भएको नागरिकता विधेयकमा भएका भन्दा पनि नभएका विषयलाई बाहिर उचालिएको गुनासो गरे । उनले भने, ‘दलको राजनीतिक स्वार्थका कारण लाखौं नागरिक नागरिकता पाउनबाट बञ्चित भएको छ । ‘

पहिलो संसदको अभ्यासमा प्रदेश १ ले नाम दिन नसकेपनि संसदीय अभ्यास राम्रो गरेको उनले बताए ।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले संसदमा पार्टीले खेलेको भूमिकाको विषयलाई समेटेर स्मारिका निकालिएको बताए । स्मारिका संसदीय अभ्यासमा नौलो भएको उनको भनाइ छ ।

संसदीय दलका उपनेता हिमाल कार्कीले नयाँ संसदीय अभ्यासमा सुरुमा अन्योल भएपनि विस्तारै पार्टीले सशक्त प्रतिपक्ष हुँदै सत्तापक्षको भूमिका निर्वाह गरेको बताए ।

कांग्रेस प्रमुख सचेतक सुयर्माराज राईले पहिलो संसदीय अभ्यासमा पार्टीले खेलेको भूमिकालाई रेकर्डमा राख्ने उदेश्यले स्मारिका निकालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?