+
+

पुनः सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते ७:५४
फाइल फोटो

८ असोज, भरतपुर । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनाँै पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?