+
+

संस्थापनविरुद्ध कांग्रेसको शेखर समूहले काठमाडौंमा खबरदारी सभा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते ८:२९

८ असोज, काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ ।

सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?