+
+

डा. केसी एक्लो छैनन् (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ असोज ८ गते १३:०५

८ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका छन् ।

धनगढीमा अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । चिकित्सकका अनुसार उनलाई श्वासप्रश्वासमा समस्या देखिएको छ ।

आज अनशनको १३ औं दिन हो ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?