+
+

हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ९:०२

९ असोज, काठमाडौं । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको आज शिलान्यास गरिएको छ । मोरु गणेशस्थान नजिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले  सम्पदामार्गको शिलान्यास गरेका हुन् ।

हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत छन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने योजना छ ।

मन्त्री श्रेष्ठले कार्यकाल सम्हाल्दै गर्दा हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणसम्बन्धी काम गर्ने पहिलो निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?