+
+

घर सरेपछि प्रचण्डले भने : ४० वर्षपछि शिवनगर फर्किएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १५:०३

१० असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ४० वर्षपछि चितवनको शिवनगर फर्किएको बताएका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा बनाएको घरमा प्रचण्ड सोमबार मात्र सरेका हुन् ।

घर सरेको केहीबेरमा स्थानीय सरस्वती युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पुगेका उनले ४० वर्षअघि शिवनगर फर्किएको बताए ।

शिवनगरबाट बसाईं सरेर भरतपुर, त्यहाँबाट काठमाडौं, रोल्पा–रुकुम हुँदै शान्ति प्रक्रियामा आएको र संविधानबाट संविधान बनेपछि दोस्रो आम निर्वाचन हुने बेला फर्किएको बताएका हुन् ।

‘म ४० वर्षपछि तपाईहरुकै काखमा फर्केको छु, बा बितेपछि बाको नाममा भएको केही जग्गा प्राप्त् गरेँ । त्यहाँ सानो घर बनाएको छु । आजै म त्यो घरभित्र छिरेँ’ प्रचण्डले भने, ‘तपाईहरुको सुखदुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’

उनले यस क्षेत्रमा हाल नारायणी पृुल, तटबन्ध र राप्ती नदीमा तटबन्ध जस्ता विकास आयोजना सञ्चालन भइरहेको र आगामी दिनमा अझै ठूला आयोजना आउने विश्वास व्यक्त गरे ।

‘मेरो सपना छ, खर्बौंका योजना आउन्’ उनले भने, ‘मैले क्रान्ति र शान्तिमा विताएको जीवन अब विकास र समृद्धिमा लगाउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?