+
+

मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु, १५ जना घाइते

विकास मरहट्टा विकास मरहट्टा
२०७९ असोज १० गते १७:४९

१० असोज, गोरखा । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ करिव १५ जना घाइते भएका छन् ।

हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

‘चौथो बेसक्याम्पमा खसेको पहिरो तेस्रो बेसक्याम्पसम्म आइपुगेको रहेछ,’ उनले भने, ‘त्यही पहिरोमा उहाँहरु पर्नुभएछ ।’ मानवीय क्षतिबारे यकिन विवरण भने आइनसकेको जानकारी दिदै उनले उद्धारमा समस्या भएको बताए ।

‘घटनाबारे खबर आउनेबित्तिकै हामी उद्धारका लागि पहल गरिरहेका छौं, सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुल भएका कारण बेसक्याम्पमा ल्याण्ड गर्न सकिरहेको छैन’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको उनको भनाइ छ । पर्यटन विभागकी शाखा अधिकृत यशोदा अर्यालसँग आफूहरुले जानकारी लिइरहेको बताउदै प्रजिअ आचार्यले मनाङको भीमथाङमा पनि एक जना विदेशी नागरिक हराएको खबर आएको जानकारी दिए ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?