+
+

मुख्यमन्त्री राई प्रदेश सभाकै चुनाव लड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:१५

११ असोज, काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राई प्रदेश सभा सदस्यको चुनाव लड्न सहमत भएका छन् ।

प्रतिनिधि सभा सदस्यको दावी गरिरहेका मुख्यमन्त्री राई प्रदेश सभाकै उम्मेदवार बन्न तयार भएका हुन् ।

उनी निकट स्रोतका अनुसार, भोजपुर (क) बाट मुख्यमन्त्री राई उम्मेदवार बन्ने भएका छन् । २०७४ को चुनावमा पनि राईले यही निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए ।

तत्कालीन संघीय समाजवादी फोरमका अजम्बर राईलाई पराजित गर्दै उनी निर्वाचित भएका थिए । अहिले अजम्बर नेकपा माओवादी केन्द्रमा छन् । त्यसबेला पनि मुख्यमन्त्री राईले प्रतिनिधि सभा सदस्यकै दाबी गरेका थिए ।

तर वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुदन किराती प्रतिनिधिसभाको उम्मेदवार भएपछि मुख्यमन्त्री राई र पूर्वमुख्यमन्त्री शेरधन राई प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए ।

यसपटक पनि एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको भोजपुरमा माओवादी केन्द्रकै भागमा पर्ने लगभग पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?