+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा

बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
  • नेकपा एमालेले समर्थन फिर्ता लिएको ३० दिनपछि अल्पमतमा परेका शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाउने जानकारी दिएका छन्।
  • शाहको राजीनामासँगै अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

२८ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामाको घोषणा  गरेका छन्। बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन्। बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो।

समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले ३०औँ दिनमा राजीनामा दिएका हुन्। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?