+
+

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १२:३०

काठमाडौं । ‘मिसेस नेपाल पिस-२०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फस्ट रनरअप रीमा खड्का, सेकेन्ड रनरअप सुविना शाक्य, थर्ड रनरअप सीमा सर्राफ र फोर्थ रनर अप रेश्मा पुरी घोषित भए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाइ सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक थिए ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्यूनीकरणमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक एमी इन्टरटेनमेन्टका एमी रौनियारले बताए । प्रतियोगितामा उमेर, विवाहित, डिभोर्सी, तौल र उचाइको कुनै पनि मापदण्ड राखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?