+

दशरथ रंगशालामा फर्किएको खुशी (फोटो फिचर)

२०७९ असोज  ११ गते २१:०२ २०७९ असोज ११ गते २१:०२
दशरथ रंगशालामा फर्किएको खुशी (फोटो फिचर)

११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् ।

मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच साता तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशियाली छाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

नेपाल-बंगलादेश फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय