१६ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
जापानको आइची, निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने फाइनल खेल नेपाली समयअनुसार शनिबार बिहान पौने ११ बजेदेखि सुरु हुनेछ ।
सेमिफाइनलमा पाकिस्तानले बंगलादेश तथा भारतले श्रीलंकालाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
फाइनलअघि बंगलादेश र श्रीलंका पनि कांस्य पदकका लागि खेल्ने छन् । उक्त खेल शनिबार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ ।
भारतले १९औं एसियन गेम्स क्रिकेटमा पनि स्वर्ण पदक जितेको थियो ।
प्रतिक्रिया 4