+
+

नेपालको शासकीय स्वरुप निर्वाचन प्रणाली खिचडीजस्तो : अध्यक्ष भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १७:३१

१२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले संघीय संरचना पनि जाति, भाषाको पहिचान अनुसार नबनेको र शासकीय स्वरुप तथा निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका हुन् ।

‘…मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौं, तर पूर्ण गर्न सकेनौं । पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाति, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को, जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अपनायौं, त्यो खिचडी खालको अपनायौं’ उनले भने ।

भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद हुनुपर्ने वकालत गर्दै आएका छन् ।

उनले आफ्नो पार्टीको नाम फेरिएको भए पनि एजेण्डा एउटै रहेको बताए । पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै भट्टराईले आफूले निरन्तर अग्रगमनको कुरा गरिरहेको बताए ।

‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?