+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

बीआरआई कार्यान्वयन नेपालको विकासमा कोशेढुंगा : प्रदेश प्रमुख शेरचन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १४:२६

१३ असोज, बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् ।

उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनमा ढिलाइ एको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए ।

चीनको ७३ औं राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तर्क्रियामा प्रदेश प्रमुख शेरचनले चिनियाँ राष्ट्रपतिले अगाडि सारेको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम बीआरआई कार्यान्वयन गर्न सके नेपालले पूर्वाधार विकास र आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताए ।

‘बीआरआई कार्यान्वयनले नेपालको विकास मात्र होइन, दुई देशबीचको सम्बन्ध अझ जीवन्त र उचाइमा पुग्छ’, शेरचनले भने । उनले नेपाल एक चीन नीतिमा अटल र प्रतिवद्ध हुनुपर्नेमा जोड दिंदै चीनविरुद्ध नेपालको भूमि कसैलाई प्रयोग हुन दिन नहुने बताए ।

लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले चीनले सयौं विश्वविद्यालय स्थापना गरी उच्च वौद्धिक जनशक्तिलाई संयोजन र व्यवस्थापन गरेर विकास र अर्थतन्त्रमा फड्को मारेकाले चीनबाट नेपालले सिक्नुपर्ने बताए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले नेपालले चिनिया कम्युनिष्ट पार्टीको कुशल नेतृत्व, चिनिया जनताको अनुशासन र अथक मेहनतलाई नेपाली नेता र जनताले अनुशरण गर्न सक्नुपर्ने बताए ।

सन् १९४९ अक्टोबर १ का दिन चीनमा बादशाही शासनको अन्त्य भई जनगणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । सोही दिनको स्मरणमा चीनले साताव्यापी राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?